जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

भक्तपुर — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् ।

शनिबार हनुमन्ते नदी सफाइ अभियानको ३० औँ साता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ साता पुगेकाे अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै उनले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पुर्‍याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्नेबताए ।

नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने भन्दै उनलेहरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएकोदाबी गरे ।

पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै बस्नेतले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरे ।

कार्यक्रममा प्रदेश ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायतले नदी सफाइ अभियानमा सबै जुट्नुपर्ने बताए ।

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सुरु भएको अभियानको ३० अाैं सातामा शनिबारदुई टन फोहर संकलन भएको र हालसम्म ३ सय ९ टन फोहर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।
Source: Kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *