माइतीघरको नाराः सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ !

काठमाडौं । कञ्चनपुरकी १३ वषर्ीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गदै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वःस्फूर्त रुपमा मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको देखिएको भन्दै गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरे ।उनीहरुले ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए ।

Source Online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *