पूर्व लडाकु बिष्टलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइयो

तानाशाही राज्यको संकेत : मानव अधिकार आयोग

काठमाडौँ — पूर्व माओवादी लडाकु लेनिन बिष्टलाई बैंककमा हुन लागेका एक कार्यक्रममा सहभागी हुन जानबाट रोकिएको छ । उनी बाल सैन्यविरुद्धको अभियानमा सक्रिय छन् ।

 

नेपाल एयरलाइन्सको शुक्रबार बिहान ९.५० को उडानबाट बैंकक जान लागेका विष्टलाई भ्रमण अनुमति नभएको भन्दै विमानस्थलस्थित अध्यागमनबाट फर्काइएको हो। ‘म बैंककमा हुन लागेको युवा सम्मन्धी एउटा कार्यक्रममा भाग लिन जान लागेको थिएँ’ विष्टले कान्तिपुरसंग भने, ‘अध्यागमनमा छाप लगाइसकेपछि मलाई बोलाएर केही सोधपुछ गर्नु छ भने, अनि मेरो यात्रा अनुमति नभएको बताए।’ विष्टले आफुलाई के कारणले यात्रा अनुमतिको नभएको भन्ने सम्बन्धमा लिखित चाहिने अडान राखेपछि विमानस्थल अध्यगमन कार्यालयले यात्रा अनुमति नभएको पत्र दिएको छ। ‘जुन कार्यक्रममा जान लागेको हो त्यस विषयसंग सम्बन्धित नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिएको’ पत्रमा उल्लेख छ। बिष्टले भने आफुले बाल सैन्यविरोधी अभियान चलाउँदै आएकाले अन्तर्राष्ट्रिय कार्यक्रममा पनि उक्त विषय उठाउने आशंकामा यात्रा रोकिएको हुन सक्ने बताएका छन्। बिष्ट बाल सैनिकका रुपमा माओवादी लडाकुमा सहभागी भएका व्यक्ति हुन्। शान्ति प्रकृयाका क्रममा उनी आयोग्य ठहरिएका थिए। उनले अयोग्य घोषित लडाकुहरुको नेतृत्व गरेर तत्कालिन माओवादी मुख्यालय पेरिस डाँडामासमेत धर्ना दिएका थिए। विमानस्लथस्थित अध्यागमन कार्यालयका निमित्त प्रमुख लक्ष्मण थापाले सुरुमा सरकारको अनुमति विना जान लागेकाले रोकिएको बताए। विदेशमा कार्यक्रममा सहभागी हुनका लागि सरकारको अनुमति चाहिन्छ र? भन्ने कान्तिपुरको प्रश्नमा भने विभागीय आदेशमा रोकिएको बताए। गृह मन्त्रलायका प्रबक्ता रामकृष्ण सुवेदीले भने आफु कहाँ जानकारी आइनसकेकाे बताए।

बिष्टलाई अध्यागमन कार्यालयले दिएको पत्र:
तानाशाही राज्यको संकेत
मानव अधिकार समुदायले भने यसले हिंडडुल गर्न पाउने अधिकारको गम्भिर उल्लंघन भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगकी प्रबक्ता मोहना अन्सारीले सरकारको यो कदमले तानाशाही राज्यको संकेत दिएको बताइन्।
यसअघि २०५९ सालमा राज ज्ञानेन्द्र शाहले शासन हात लिएपछि राजनीतिक नेता तथा अधिकारकर्मीलाई यसरी नै यात्रा अवरोध गरिएको थियो।

प्रकाशित : भाद्र ८, २०७५ १५:३७

Source: Kantipur daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *