कांग्रेस महासमिति बैठक मंसिर पहिलो साता

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकको मिति तय गरेको हो । मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुने नेता प्रदिप पौडेलले बताए ।

यसअघि भदौ मसान्तमै गर्ने निर्णय भएको थियो । तर, भर्खर मात्र विधान संशोधन मस्यौदा समिति बनाएकाले महासमिति बैठक छठ पछाडि पुगेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

Source: Online Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *