गाइजात्रामा हाँस्य कलाकारहरुको हमला

गाइजात्राको अवसर पारेर नेपाली चलचित्र र हाँस्य ब्यङ्ग्य क्षेत्रका चर्चित कलाकारहरु एकसाथ भेला भएका छन् । रिपोर्टस क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले विभिन्न बिषयमा आफ्नो भनाई राखेका थिए । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले रिपोर्टस क्लबमा कविता सुनाउँदै देशको अवस्थाको बारेमा बोलेः

ए ऋषि धमला
कहिलेसम्म रोइरहने हामी निर्मला
समृद्ध नेपालको त कुरा मात्र ठूलो
घरबाहिर निस्कियो भने जताततै धुलो
ए ऋषि ऋषि धमला
कहिलेसम्म रोइरहने हामी निर्मला ।
यस्तै, अर्का कलाकार जितु नेपालले पनि देशको अवस्थाको बारेमा बोले । यसपटकको गाइजात्रा मुलुकमा ८ वटा सरकार रहेको भन्दै जितुले भने-‘पहिलो पटक देशमा मन्त्री वेरोजगार भएका छन् । म संघियताको विरोधी होइन । तर, घर-घरमा मन्त्री छन् । तर, बाटो जस्ताको तस्तै, देश जस्ताको तस्तै रहेको छ ।’ उनले सरकार स्थायी भएको भन्दै काम अस्थायी रहेको बताए । विदेशका पाहुना आउँदा रातारात सडक सफा गर्ने सरकारले पछि तिनै देशसँग सहयोग माग्ने गरेको जितुको भनाई थियो ।

Source: Online Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *